PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

महन्थ र उपेन्द्रको कुरा मिलेलगत्तै जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक



पहिलोपोस्ट

महन्थ र उपेन्द्रको कुरा मिलेलगत्तै जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

पार्टीमा विवाद हुँदा लामो समयसम्म बस्न नसकेको बैठक मंगलवार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबिच पार्टी एकताबद्ध बनाउने सहमतिपछि जेठ ८ र ९ गते गरी दुई दिनका लागि आह्वान गरिएको हो।

दुबै अध्यक्षले हस्ताक्षर गरेर सबै पदाधिकारी र सदस्यलाई उपस्थित हुन पत्र पठाएका छन्। बैठक पार्टी कार्यालय बालकुमारीमा बस्नेछ। पत्रमा देशको वर्तमान परिस्थितिमा विभिन्न विषयमा विचार विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले बैठक राखिएको उल्लेख छ।

यसअघि आजै दुई अध्यक्षले विज्ञप्ति जारी गरेर पार्टीलाई एकताबद्ध बनाउने जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell