PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

संक्रमणमुक्त भएकी कंगना रनौत भन्छिन् : केही मानिस छन् जसलाई कोरोनाको अपमान गरेको मनपर्दैन



पहिलोपोस्ट

संक्रमणमुक्त भएकी कंगना रनौत भन्छिन् : केही मानिस छन् जसलाई कोरोनाको अपमान गरेको मनपर्दैन

बलिउड अभिनेत्री कंगना रनौत कोरोना संक्रमणमुक्त भएकी छिन्। उनले फोटो सेयरिङ एप इन्स्टाग्रामार्फत् आफ्नो पछिल्लो रिपोर्टबारे जानकारी दिएकी हुन्।

संक्रमण पुष्टि भएको १० दिनपछि उनको रिपोर्ट नेगेटिभ आएको हो। उनले लेखेकी छिन्, 'मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ। मैले कसरी भाइरससँग जिते भनेर धेरै कुरा बताउन चाहन्छु। तर मलाई कोभिड-१९ फ्यान क्लबलाई नछेड्न भनिएको छ। यहाँ केही यस्ता मानिसहरु छन् जसलाई कोरोनाको अपमान गरेको मन पर्दैन।'

कगंनाले मे ८ मा इस्टाग्राममा एउटा पोस्ट हालिन्। जसमा आफूलाई कोरोना संक्रमण भएको र कोरोनालाई ध्वस्त पार्ने कुरा उनले लेखेकी थिइन्। अफवाह फैलाएको भन्दै एपले पोस्ट नै हटाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell