काठमाडौं : इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली फूटबल टोलिका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय टिमको घोषणा गरेका छन्। प्रशिक्षक अलमुताइरीले केही अनुभवी खेलाडीहरुको स्थानमा नयाँ खेलाडीहरुलाई स्थान दिएका छन्।
प्रारम्भिक चरणमा रहेका भरत खवास, रञ्जित धिमाल, शेसेहाङ आङदेम्बे, रविशंकर पाशवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा, दर्शन गुरुङ लगायतका खेलाडीहरु बाहिरिएका छन् भने मनिष डाँगी, सुरज जिउ ठकुरी, विशाल सुनार, आयुस घलानलगायतका खेलाडीले पहिलो पटक टिममा स्थानमा बनाएका छन्। त्यस्तै, नवयुग श्रेष्ठ र सन्तोष तामाङले टिममा पुनरागमन गरेका छन्।
अघिल्लो महिना घरेलु मैदानमा नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित थ्री नेसन्स कपको उपाधि उचाल्दै सनसनी मच्चाएको नेपालले अब विश्वकप छनोट अन्तर्गतका बाँकी खेल खेल्न तयारी सुरु गर्दैछ। त्यो भन्दाअघि मैत्रीपूर्ण खेल पनि खेल्नैछ नेपालले। फिफा वरीयतामा आफूभन्दा १०३ स्थानमाथि रहेको इराकसँग मे २९ (जेठ २५) मा वार्सा इन्टरनेसनल स्टेडियममा मैत्रीपूर्ण खेल खेल्नेछ।
यस्तो छ २३ सदस्यीय नेपाली टोली
किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश गलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास
