PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

सर्वोच्च अदालतमा भर्चुअल बहसको सुरुवात



पहिलोपोस्ट

सर्वोच्च अदालतमा भर्चुअल बहसको सुरुवात

काठमाडौं: सर्वोच्च अदालतमा मंगलवारदेखि भर्चुअल प्रविधिबाट बहसको सुरूवात भएको छ।

न्यायाधीश अनिल सिन्हाको एकल इजलासबाट भर्चुअल बहसको सुरुवात भएको हो। सिन्हाको बेञ्चमा भर्चुअल विधिबाट बन्दीप्रत्यक्षीकरण सम्बन्धी ६ वटा निवेदनको सुनुवाइ भएको छ।

कानुन व्यवसायीलाई आफ्नै फर्मबाट वा सर्वोच्च अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको सर्वोच्चका सह-प्रवक्ता देबेन्द्र ढकालले जानकारी दिए।

उनका अनुसार सुरूवातको चरणमा एउटा बेञ्चबाट भएको बहसलाई सरोकारवालाहरूसँगको समन्वयमार्फत व्यवस्थित गरिने छ।

सर्वोच्चले आफ्नो न्यायपालिकाको चालू रणनीतिक योजनामा प्रविधिमैत्री बहस बनाउने लक्ष्य लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell