काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको पहिलो बैठकले विवाद समाधान सम्बन्धी कार्यविधि र आचार संहिता बनाउने निर्णय गरेको छ।
सिंहदरवारमा बसेको बैठकले कार्यविधि र संहिता तयार पार्ने निर्णय गरेको बरिष्ठ नेता नेपालका तर्फबाट वार्ता टोलीमा सहभागी स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए।
'आचार संहिता र कार्यविधि तुरुन्त तयार पारी लागू गर्ने। एक आपसमा अविश्वास, असहयोग हुने क्रियाकलाप नगर्न पनि बैठक हार्दिक आग्रह गर्दछ छ,' उनले भने।
बैठकमा ओली समूहका नेताहरु शंकर पोखरेल र विष्णु पौडेल अनुपस्थित रहेका थिए। बैठक भोलि फेरि बस्ने छ।
