PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

भारतीय कम्पनी सेरमले यो वर्षको अन्त्यसम्ममा मात्रै अन्य देशलाई कोभिसिल्ड खोप उपलब्ध गराउने



पहिलोपोस्ट

भारतीय कम्पनी सेरमले यो वर्षको अन्त्यसम्ममा मात्रै अन्य देशलाई कोभिसिल्ड खोप उपलब्ध गराउने

भारतको कोभिड-१९ भ्याक्सिन कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डिया प्रालिले यो वर्षको अन्तिमसम्ममा मात्रै कोभिसिल्ड भ्याक्सिन अन्य देशलाई उपलब्ध गराउने भएको छ। सेरमले एक प्रेस विज्ञप्ति निकाल्दै कोरोना संक्रमण व्यापक रुपमा बढ्दै जाँदा भारतलाई नै प्राथमिकता दिनुपर्ने अवस्था आएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी आशा गर्छौँ कि यो वर्षको अन्त्यसम्ममा कोभ्याक्स र अन्य मुलुकलाई हामी भ्याक्सिन आपूर्ति गर्न सक्छौँ।’

२०२१ को जनवरीसम्ममा भारतमा कम मात्रै संक्रमण देखिएको र भ्याक्सिनको स्टक पनि ठूलो रहेको भन्दै सेरमले यतिबेला भने भारतलाई प्राथमिकता दिन परेको बताएको छ।

अन्य देश आपतमा पर्दा भारत सरकारले सक्दो सहयोग गरेको पनि सेरमले स्मरण गराएको छ। सोही कारण अहिले अन्य देशबाट भारतलाई पनि सहयोग मिलिरहेको बताइएको छ। कोरोनाको संक्रमण भौगोलिक तथा राजनीतिक सीमाले नरोकिने भन्दै सेरमले विश्वका सबैले कोरोनाविरुद्ध जित हासिल नगरेसम्म कोही पनि सुरक्षित नहुने बताएको छ।

नेपालमा पहिलो चरणमा सिरमले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन लगाइएको थियो। ६० वर्षभन्दा माथि उमेर समूहमा पहिलो चरणमा यो खोप लगाइएको थियो। तर, खोप आयात प्रकृया नै अवरुद्ध भएका कारण दोस्रो खोप कहिले आउँछ भन्ने अन्यौल बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell