PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

अक्सिजन प्लान्ट निर्माण गर्न हेटौँडा अस्पताल र उद्योग संघबीच सम्झौता



पहिलोपोस्ट

अक्सिजन प्लान्ट निर्माण गर्न हेटौँडा अस्पताल र उद्योग संघबीच सम्झौता

हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि आज अस्पताल र उद्योग संघ हेटौँडाबीच सम्झौता भएको छ। सामाजिक विकास मन्त्रालयको रोहबरमा आगामी मे ३० तारिख भित्र निर्माण शुरु हुने गरी सम्झौता भएको हो।

सम्झौतामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवं हेटौँडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग संघ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरेका हुन्।

सम्झौताबारे संघका अध्यक्ष पोखरेलले भने, ‘हामी मे अन्तिम अर्थात जेठ १६ सम्ममा कन्ट्याक्टरलाई प्लान्ट निर्माणको जिम्मेवारी दिनेछौँ भने त्यसको करिब २०/३० दिनसम्म प्लान्ट जडान भैसक्छ।’

प्लान्टले दैनिक करिब २ सय बेड एचडीयू, आइसीयूको लागि अक्सिजन सप्लाई गर्न सक्ने उनले बताए। प्लान्ट निर्माण बढीमा १ करोड ३० लाख रुपैयाँसम्ममा सम्पन्न हुने अनुमान संघले गरेको छ। प्लान्ट निर्माणको संयोजन उद्योग संघले गर्ने र आर्थिक जोहो भने संघसँग रहेका उद्योगीहरुले गर्ने संघले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell