PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

बादल भर्सेस डा. देवकोटा : गठबन्धनकै उम्मेद्वारको पक्षमा उभिए माधव नेपाल



पहिलोपोस्ट

बादल भर्सेस डा. देवकोटा : गठबन्धनकै उम्मेद्वारको पक्षमा उभिए माधव नेपाल

काठमाडौं: नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई सघाउन नसकिने बताएका छन्। निर्वाचनमा आफूलाई सघाउन बादलले गरेको आग्रहमा नेता नेपालले आफ्नो पहलमा डा. खिमलाल देवकोटाको उम्मेद्वारी दर्ता भएकाले सहयोग गर्न नसक्ने बताएका थिए। 

निर्वाचनमा सघाउन आग्रह गर्दै बादलले नेपाललाई निवासमै पुगेर भेट गरेका थिए। 

'उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो,' नेपाललाई उदृत गर्दै उनको सचिवालयले भन्यो। मतदातालाई स्वविवेक प्रयोग गर्न दिनेबारे भने सहमति भएको पनि सचिवालयले जनायो। 

'कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ,' सचिवालयले भनेको छ।

एमालेका तर्फबाट पूर्वमाओवादी केन्द्रका नेता बादल चुनावी मैदानमा छन् भने नेपालसहितको समर्थनमा कांग्रेस माओवादी गठबन्धनका तर्फबाट देवकोटाले उम्मेद्वारी दिएका छन्। जेठ ६ गते हुने चुनावमा बागमती प्रदेशबाट बादल र देवकोटाको प्रतिस्पर्धा हुने भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell