वीरगंज : जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जितेन्द्र सिंहको कोरोना संक्रमणको कारण निधन भएको छ। मंगलवार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जसपाका प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादवले बताए।
बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती निवासी जितेन्द्र सिंहको निधनले पार्टीलाई ठूलो क्षति पुगेको उनले बताएका छन्। विगतको संयुक्त जनआन्दोलन र मधेस आन्दोलनमा समेत उनको योगदान थियो।
उत्पीडित जाति, समुदाय, वर्ग, पहिचान र अधिकारका लागि सधै संघर्षरत सिंह समाजवादी पार्टीबाट जसपामा समावेश भएका थिए।
