PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अत्यावश्यक औषधिहरुको अभाव भएको भन्दै आपूर्ति गरिदिन औषधि व्यवसायी संघको आग्रह



पहिलोपोस्ट

अत्यावश्यक औषधिहरुको अभाव भएको भन्दै आपूर्ति गरिदिन औषधि व्यवसायी संघको आग्रह

काठमाडौं : नेपाल औषधि व्यवसायी संघ झापाले औषधि पसलहरुमा केहि जीवनरक्षक र अत्यावश्यक औषधिहरुको अभाव भएको बताएको छ। संघका जिल्ला अध्यक्ष गौतम गुप्ताले मंगलवार औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरलाई पत्र पठाउँदै औषधिको आपूर्तिको लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गरेका छन्।

‘हाल आएर औषधि पसलहरुमा केहि जीवनरक्षक र अत्यावश्यक औषधिहरु कमी हुन गइरहेको जानकारी प्राप्त भएकोले यथासिघ्र औषधिको आपूर्तिको लागि आवश्यक व्यवस्थापन गरि दिनु हुनको लागि अनुरोध गर्दछु,’ पत्रमा उल्लेख छ।

अध्यक्ष गुप्ताले औषधि पसलहरुमा पारासिटामोल, अस्थालिन सोल, अस्थालिन इनहेलर, इम्प्राभेन्ट सोललगायत २२ थरीका औषधिको अभाव रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell