PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

दश खेलाडीमा सीमित म्यानचेस्टर सिटीमाथि ब्राइटनको पुनरागमन जित



पहिलोपोस्ट

दश खेलाडीमा सीमित म्यानचेस्टर सिटीमाथि ब्राइटनको पुनरागमन जित
Photo : Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ। फाल्मर स्टेडियममा सम्पन्न खेलमा दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै घरेलु टोली ब्राइटनले ३-२ गोलअन्तरले जित निकालेको हो।

खेलको दोस्रो मिनेटमै इल्के गुण्डोगनको गोलमा अग्रता बनाएको सिटी १० औं मिनेटमा १० खेलाडीमा सीमित हुन पुग्यो। सिटीका जोआओ क्यान्सलो खराब ट्याकल गर्दा रेड कार्ड खाँदै बाहिरिए। पहिलो हाफमा एक गोलले अघि रहेको सिटीका लागि दोस्रो गोल फिल फोडेनले गरे। दुई गोलले पछी रहेको ब्राइटनका लागि लेनाद्रो ट्रोसर्डले गोल थप्दै ५० औं मिनेटमा खाता खोले। त्यस्तै आडम वेबस्टेरले ७२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। रोमाञ्चक बनेको खेलको ७६ औं मिनेटमा डान ब्रनले गोल थप्दा ब्राइटनले ३-२ ले खेल आफ्नो पक्षमा पार्‍यो।

पराजयको बावजुत प्रिमियर लिगको उपाधि सिटीले सुरक्षित गरिसकेको छ। ३७ खेल खेलेको सिटीको ८३ अंक छ। त्यस्तै ब्राइटन ४१ अंब जोड्दै तालिकाको १५ औं स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell