PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

बराबरीमा रोकियो युनाइटेड, चेल्सीको जित



पहिलोपोस्ट

बराबरीमा रोकियो युनाइटेड, चेल्सीको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड फुलहमसँग बराबरीमा रोकिएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली युनाइटेड रेलिगेशनमा परिसकेको टोली फुलहमसँग १-१ को बराबरीमा रोकिएको हो।

खेलको १५ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा इडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा फुलहम खेलमा फर्कियो। जोए बर्यनले खेलको ७६ औं मिनेटमा गोल फर्काउँदा युनाइटेडले घरेलु मैदानमा अंक बाँड्न पुगेको हो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा चेल्सीले लेस्टर सिटीमाथि संघर्षपूर्ण जित निकाल्यो। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले २-१ गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४७ औं मिनेटमा एन्टोनियो रुदिगरको गोलमा चेल्सीले अग्रता बनाएको थियो। त्यस्तै ६६ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै जोर्गिन्होले गोल थपे। उता लेस्टरका लागि ७६ औं मिनेटमा केलेची इहेनाचोले गोल फर्काए।

जितसँगै ३७ खेलबाट ६७ अंक जोडेर चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट ६६ अंक जोडेको लेस्टर तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell