PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

कालीमाटी तरकारी बजारमा रातिबाटै यस्तो भिड : गेटबाहिर प्रहरीको कडा जाँच, भित्र छैन मापदण्डको पालना

कालीमाटी तरकारी बजारमा रातिबाटै यस्तो भिड : गेटबाहिर प्रहरीको कडा जाँच, भित्र छैन मापदण्डको पालना

प्रवीण रानाभाट/पहिलोपोस्ट


कोभिड-१९ संक्रमण बढ्न थालेपछि कालीमाटी तरकारी बजार खुल्ने समय खुम्चिएको छ। नयाँ नियमअनुसार बजार राति एक बजेबाट बिहान ७ बजेसम्म मात्र खोल्न पाइन्छ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै शुरु गरेको निषेधाज्ञा छ।

त्यसैले तरकारी जोहोका लागि यहाँ रातिबाटै तरकारी व्यापारीदेखि सर्वसाधारणसम्म पुग्छन्। कालीमाटी बजारमा बिहान ५ बजे हामी पुग्दा भिड देखिन्थ्यो। भिडमा भौतिक दुरी कायम राख्ने त कुरै भएन कतिपयले मास्कसमेत सही तरिकाले लगाएको देखिएन।

यद्यपि तरकारी बजार बाहिर प्रहरीको कडा जाँच जारी थियो। केही मानिस र गाडी बिहानैबाट होल्डमा राखिएको देखिन्थ्यो।

 



ट्रेन्डिङ पोस्ट

Ncell