PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बाँकेमा थप १७ जना संक्रमितको मृत्यु



पूजा पन्थी

बाँकेमा थप १७ जना संक्रमितको मृत्यु

बुटवल : बाँकेमा कोरोना संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ८ जनाको मृत्यु भएको हो।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १८ की ७३ वर्षीया महिला, बढैयाताल २ बर्दियाका ८४ वर्षीय पुरुष, नेपालगन्ज ६ का ४५ वर्षीय पुरुष, टिकापुर १६ कैलालीका २८ वर्षीय पुरुष, नेपालगन्ज ४ का ६७ वर्षीय पुरुष, ठाकुरबाबा ९ बर्दियाका ६३ वर्षीय पुरुष र ३८ वर्षिया महिला, तुलसीपुर २ दाङका ६५ वर्षीय पुरुष र लम्कीचुहा ५ कैलालीकी ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो।

त्यस्तै गढवा ७ दाङकी ३० वर्षीया महिला, सानोभेरी ११ रुकुम पश्चिमका ३६ वर्षीय पुरुष, कोहलपुर १२ बाँकेका ४१ वर्षीय पुरुष, राप्तीसोनारी २ बाँकेकी ५९ वर्षीया महिला, कोहलपुर ११ की ५८ वर्षीया महिला, नेपालगन्ज ३ का ६१ वर्षीय पुरुष, त्रिवेणी १ रुकुम पश्चिमकी २७ वर्षीया महिला र कोहलपुर ४ बाँकेका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या २५३ जना पुगेको छ भने बाहिरी जिल्लाका २०९ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell