PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मृत्यु हुनेको संख्यामा दिनहुँ नयाँ रेकर्ड ! भारतमा संक्रमित घटे, मृत्यु हुने बढे



पहिलोपोस्ट

मृत्यु हुनेको संख्यामा दिनहुँ नयाँ रेकर्ड ! भारतमा संक्रमित घटे, मृत्यु हुने बढे

नयाँ दिल्ली : भारतमा कोभिड १९ संक्रमितको संख्या घट्दै गएको देखिए पनि दैनिक मृत्यु हुनेको संख्या भने लगातार माथि गइरहेको छ। हिजो सबैभन्दा धेरै संक्रमितको मृत्यु भएको भारतमा पछिल्लो २४ घन्टामा त्यो रेकर्ड ब्रेक भएको हो।

हिजो ४ हजार ३ सय २९ जनाको मृत्यु भएको थियो जुन भारतको सबैभन्दा धेरै भनिएको थियो। आज त्यो रेकर्डलाई उछिन्नेगरी थप संक्रमितको मृत्यु भएको छ। चौबीस घन्टामा भारतमा ४ हजार ५ सय २९ जनाको मृत्यु भएको टाइम्सअफ इन्डियाले जनाएको छ। 

पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६७ हजार ३ सय ३४ जना नयाँ संक्रमित भेटिएका छन्। संक्रमितको संख्या ३ लाखभन्दा कम भेटिएको यो लगातार तेस्रो दिन हो। संक्रमितको संख्या घटेको भए पनि मृत्यु संख्या बढिरहेको देखिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell