PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

लमजुङ भूकम्प अपडेट : २७ घरमा क्षति, थप उपचारका लागि एक जनालाई लगियो चितवन



लमजुङ भूकम्प अपडेट : २७ घरमा क्षति, थप उपचारका लागि एक जनालाई लगियो चितवन
भूकम्पले बेँसीशहर नगरपालिका– ६ चनौटेका ३६ वर्षीय उमा गुरुङको घरमा पुर्‍याएको क्षति।

पोखरा : बुधवार बिहानै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते हुनेको संख्या र क्षतिको विवरण आउने क्रम जारी रहेको छ। पछिल्लो अपडेटअनुसार भूकम्पले घर भत्किँदा ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगा थापाले दिएको जानकारी अनुसार अहिलेसम्म २७ घरमा क्षति पुगेको छ। भूकम्पमा घाइते भएका ४ जना स्थानीय अस्पतालमा उपचार गरेर घर फर्कीसकेका छन्। अर्का एक जना घाइतेलाई भरतपुर अस्पतालमा लगिएको छ भने एक जनाको स्थानीय अस्पतालमा उपचार जारी छ।

थापाका अनुसार क्षति विवरण आउने क्रम जारी छ।

लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट ५.८ रिक्टर स्केलको भूकम्प गएको थियो। बिहान ८ बजेर २६ मिनेटमा दोस्रोपटक ५.३ रिक्टर स्केलको पराकम्प गएको थियो। भूकम्पको धक्का लमजुङ आसपासका जिल्लासहित काठमाडौंसम्म महसुस गरिएको थियो।

लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रिक्टर स्केलको भूकम्प

पछिल्लो भूकम्पको केन्द्रबिन्दु पनि लमजुङको भुलभुले नै, काठमाडौंसम्मै धक्का महसुस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell