PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

गाजामा जारी छ इजरायलको हवाई आक्रमण, प्यालेस्टाइनको समर्थनमा देखिए फुटबलरहरु



पहिलोपोस्ट

गाजामा जारी छ इजरायलको हवाई आक्रमण, प्यालेस्टाइनको समर्थनमा देखिए फुटबलरहरु
Photo: Phil Noble/Reuters

इजरायल र प्यालेस्टाइनबिचको तनाव पछिल्लो समय उत्कर्षमा छ। कोभिड महामारीबिचको यो तनावले विश्वको ध्यान तानेको छ। त्यसको प्रभाव केहीदिनयता फुटबलमा पनि देखिन थालेको छ।

गएराति घरेलु मैदानमा सिजनको अन्तिम खेल खेल्दै गर्दा म्यानचेस्टर युनाइटेडका पउल पोग्वा र अमाद डियालो प्यालेस्टाइनको झण्डासहित देखिए।

फुलहमसँगको १-१ गोलको बराबरीसँगै घरेलु मैदानमा सिजनको अन्तिम खेल पछि परम्परागत हिसाबले मैदानको परिक्रमा गर्ने क्रममा झण्डा प्रदर्शन गरेका थिए। कोरोना मापदण्डका कारण स्टेडियममा १० हजार दर्शकहरुको उपस्थिति थियो।

‘प्यालेस्टाइनका लागि प्रार्थना,’ पोग्वाले खेलपछि इन्टाग्राममा लेखे, ‘हाम्रो संसारलाई सुरक्षित र हिंसाबिहीन राखौं।’

इजरायलले गाजामाथि निरन्तर हमला गरिरहँदा प्यालेस्टाइनको समर्थनमा यी खेलाडीले प्यालेस्टाइनको समर्थन गरेका हुन्। इजरायली एयर स्ट्राइकमा ६३ बालबालिकासहित कम्तिमा २२२ जना प्यालेस्टाइनीहरुको मृत्यु भइसकेको छ। हमासको रकेट आक्रमणबाट उता इजरायलमा २ बालबालिका सहित १२ जनाको निधन भइसकेको छ। त्यस्तै गाजाको रकेट आक्रमणबाट ३०० बढी इजरायलीहरु घाइते छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Paul Labile Pogba (@paulpogba)

शनिवार प्यालेस्टाइनको समर्थनमा हजारै प्रदर्शनकारीहरुले युरोपका मुख्य शहरहरु लण्डन, पेरिस, मड्रिड, पेरिसलगातका स्थानमा प्रदर्शनगरेका थिए।

एफएकपको फाइनलमा चेल्सीलाई हराउँदै जित निकालेसँगै केही दिन अघि लेस्टरसिटीका हमजा चौधरी र वेस्ले फोफनाले पनि प्यालेस्टाइनको झण्डा देखाउँदै समर्थन गरेका थिए।

पछिल्लो समय हिंसाको विरोधमा ऐक्यबद्धता जनाउन खेलाडीहरुमा मेस्युट ओजिलदेखि इन्टर मिलानका अर्चफ हाकिमी, शाल्केका स्कोर्डन मुस्ताफी, म्यानचेस्टर सिटीका रियाद महरेज, आर्शनलका मोहम्मद एल्नेनीलगायतका खेलाडी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell