PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारततिर जान नपाउँदा सुरक्षाकर्मीसँग झडप : सशस्त्र प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु



पूजा पन्थी

भारततिर जान नपाउँदा सुरक्षाकर्मीसँग झडप : सशस्त्र प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु

बुटवलः पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गोली चलेको छ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ। गोली लागेर प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको हो। बुधवार बिहान घाइते भएका अविनाशको उपचारको क्रममा मृत्यु भएको हो।

सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका राजभरको शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको थियो। उपचारको क्रममा नै उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका(वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए। सुरुमा ५/७ जनाको समूहमा जान आएका व्यक्तिहरुलाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरुले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेका थिए।

५०/६० जनाको समूहमा आएका स्थानीयहरुले सशस्त्रमाथि ढुङ्ग–मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए।

‘भिडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्यास प्रहार गरिएको थियो,’ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने, ‘तर भिड अझ उग्र हुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर एक राउन्ड गोली चलाइएको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell