PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

बालक हत्या प्रकरण : डिआइजी सिंह पुगे घटनास्थल, एक युवक प्रहरीको अनुसन्धान घेरामा



पहिलोपोस्ट

बालक हत्या प्रकरण : डिआइजी सिंह पुगे घटनास्थल, एक युवक प्रहरीको अनुसन्धान घेरामा

वीरगंज : बारामा भएको दुई बालकको हत्या घटनाको जानकारी लिन प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंह बारा आएका छन्। बुधवार विहानै उनी जनकपुरबाट जिल्ला प्रहरी कार्यालय कलैया पुगेका थिए।

घटनाको अनुसन्धान बारे नजिकबाट बुझ्नको लागि र चाँडोभन्दा चाँडो अभियुक्त पत्ता लगाउन उनले निर्देशन दिएका छन्। उनले दुबै बालकको हत्या गरी फालिएको घटनास्थलको अनुगमन समेत गरेको बारा प्रहरीले जनाएको छ।

बारा प्रहरीका प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार घटनाको अनुसन्धानको लागि हेटौंडाबाट तालिम प्राप्त कुकुर मंगलवर नै अनुसन्धान भइरहेको छ। घटनाको विषयमा एक जना २७ वर्षीय शंकास्पद व्यक्तिलाई नियनत्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए।

बारा कलैया–७ रंगपुरका अब्दुर रसारका ९ र ७ वर्षीय दुईजना छोरा सोमवार साँझदेखि वेपत्ता थिए। बुवा वैदेशिक रोजगारीमा र आमा फुपुको घरमा विहेमा गएकी थिइन्। घरमा दुई दाजुभाइ र एक दिदी गरी तीन जना थिए। दुबै दाजुभाइको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर मारिएको अवस्थामा रंगपुरमा नवनिर्मित मदर्सामा शव फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell