
पोखरा : गण्डकी प्रदेशका पुन: नियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्।
गण्डकी प्रदेशका पुन: नियुक्त भएका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले युवा तथा खेलकुद मन्त्री र किरण गुरुङले आर्थिक मामिला तथा योजना मन्त्रीमा पद तथा गोपनियता शपथ लिएका छन्।
रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले भने विनाविभागीय मन्त्री पदको शपथ ग्रहण गरेका छन्।
राजीनामा दिएपछि वैशाख २९ गते पुन: मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले आज बुधबार मन्त्रिमण्डल विस्तार गरेका हुन्।