PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

वीरगंजमा थप ८ जनाको मृत्यु, १०६ जना संक्रमित थपिए



पहिलोपोस्ट

वीरगंजमा थप ८ जनाको मृत्यु, १०६ जना संक्रमित थपिए

वीरगंज : वीरगंजमा थप ८ जनाको मृत्यु भएको छ। वीरगंज हेल्थकेयर अस्पताल, गण्डक बहुअरीमा ३ जना, नारायणी अस्पतालमा २ जना, तराई, नेसनल र स्पर्श हस्पिटलमा १/१ जना गरी कुल ८ जना कोरोना संक्रमतिको मृत्यु भएको हो।

मृत्यु हुनेमा पर्साका ६ र रौतहटका २ जना रहेका छन्, जसमा २ जना महिला र ५ जना पुरुष रहेका छन्। कोभिड निमोनियाको कारण श्वासप्रश्वासमा समस्या आएर मृत्यु हुनेहरुको उमेर ४१ वर्षदेखि ९० वर्षको वृद्धसम्म रहेको अस्पतालले जनाएका छन्।

रौतहट, चन्द्रपुर नपा–९ का ९० वर्षिय वृद्धको गएराति ९ बजेर १० मिनेटमा नारायणीमा मृत्यु भएको थियो भने गौर नपा–८ की ५१ वर्षिय महिलाको बुधवार विहान १० बजेर १० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

त्यसैगरी, तराई अस्पतालमा पर्सा, जिराभवानी गापा– १ की ४२ वर्षिय महिलाको बुधवार विहान १ बजेर १० मिनेटमा मृत्यु भएको छ। स्पर्श मल्टिस्पेशलिटी हस्पिटल गण्डक बहुअरीमा वीरगंज –१० का ६५ वर्षिय वृद्धको गएराति १२ बजेको समयमा मृत्यु भएको छ।

वीरगंज हेल्थकेयर अस्पताल गण्डक बहुअरीमा हिजो साझ तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज ३ का ४१ वर्षिया पुरुष, वीरगंज– १३ का ६१ वर्षिय वृद्ध र वीरगंज्–१४ का ४८ वर्षिय पुरुष गरी तीन जना रहेका छन्।

नेसनल मेडिकल कलेले सञ्चालन गरेको बाबा होटलको कोभिड अस्पतालमा वीरगंज २ की ५८ वर्षिया महिलाको मृत्यु भएको छ।

१०६ जना संक्रमित थपिए

नारायणी अस्पताल वीरगंजस्थित पीसीआर प्रयोगशालामा मंगलवार राति गरिएको २८८ स्वाब नमूना परीक्षणबाट थप १०६ जनामा कोरोना संक्रमण पहिचान भएको छ। नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दासका अनुसार पर्साका ७७, बाराका १५, रौतहटका ६ र सर्लाहीका ८ गरी ८१ पुरुष र २५ महिला गरी कूल १०६ जनामा संक्रमण पुष्टि भएको हो। डेढ वर्षदेखि ७५ वर्ष उमेर समूहका १०६ जना संक्रमितको सिटि भ्यालु १५ देखि ३५ सम्म रहेको जनाइएको छ।

नारायणीमा ९५ जनाको मृत्यु

नारायणी अस्पतालमा कोरोना महामारीको दोस्रो चरणमा हालसम्म महिला पुरुष गरी ९५ जनाको मृत्यु भइसकेको छ। चैत १५ देखि हालसम्म ४०३ जना भर्ना भएकोमा पर्सा, बारा, रौतहट, सर्लाहीका गरी ९५ जनाको मृत्यु भएको र १८५ जना निको भएर घर फर्किएको अस्पतालले जनाएको छ।

१२५ शय्या क्षमताको कोभिड अस्प्तालमा बुधवार दिउँसो २ बजेसम्म आईसीयूमा ७५ जना, एचडियूमा २८ जना, सिप्यापमा ५, एचएफएनसीमा ३ र इन्भेसिभमा १ गरी ९ जना भेन्टिलेटरमा गरी कूल १०३ जना भर्ना भई उपचार सेवा लिइरहेका छन्। अस्पतालमा १०३ जनाले नै अक्सिजन सेवा लिइरहेका छन् भने ३ सय ९७ वटा सिलिन्डर स्टयाण्डबाई रहेको बताइएको छ। २३ वटा शय्या खाली रहेको अस्पताल प्रशासनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell