PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

वीरगंजमा जेठ १३ सम्म लम्बियो निषेधाज्ञा



पहिलोपोस्ट

वीरगंजमा जेठ १३ सम्म लम्बियो निषेधाज्ञा

वीरगंज : पर्सामा अगामी जेठ १३ गते राति १२ बजे सम्म्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति पर्साले बुधवार बैठक बसी जेठ ६ गते राति १२ बजेसम्म जारी गरिएको निषेधाज्ञालाई १३ गते सम्म लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले जानकारी दिए।

बैठकले पर्सामा एन्टीजीन अभाव भएकोले प्रदेश सरकारसँग माग गर्ने, नारायणी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने टेण्डर प्रकृया भइसकेकोले समयमा काम सकाउन ठेकेदारालाई ताकेता गर्नेलगायत निर्णय गरेको छ।

समितिका अध्यक्ष तथा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकमा नारायणी अस्पतालका निमित्त मेसु डा. एनामुल हक, सुरक्षा अधिकारी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, स्वास्थ्य कार्यालय पर्साका प्रतिनिधिहरुको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell