PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

मोरङमा महिला हत्याको अभियोगमा श्रीमानसहित ४ जना पक्राउ



पहिलोपोस्ट

मोरङमा महिला हत्याको अभियोगमा श्रीमानसहित ४ जना पक्राउ

मोरङ : रंगेली नगरपालिका-३ बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा उनकै श्रीमान् २४ वर्षीय बेचन यादव समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सोही नगरपालिकास्थित तिलुवा चोकको नहरमा धारिलो हतियारले घाटी रेटी हत्या भएको अवस्थामा अनिताको शव फेला परेपश्चात ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell