PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

‘हामी नेपाल युवा’ले चीनदेखि ल्यायो ५२० अक्सिजन सिलिन्डर

‘हामी नेपाल युवा’ले चीनदेखि ल्यायो ५२० अक्सिजन सिलिन्डर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : ‘हामी नेपाल युवा’ नामक समूहले चीनदेखि ५२० अक्सिजन सिलिन्डर ल्याएका छन्। सो अक्सिजन सिलिन्डर आज नेपाल आइपुगेको छ।

‘हामी नेपाल युवा’ समूहले चीनदेखि अक्सिजन किनेर ल्याएको हो। सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको जहाजले सहयोग गरेको थियो।

ति सिलिन्डर आजै एयरपोर्टदेखि नै एपीएफलाई १०० थान, डोटी जिल्लाको लागि ५० थान, सुदूरपश्चिम प्रदेशको लागि २७० थान र कणार्लीको लागि १०० थान पठाइएको छ। स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरी बढी आवश्यकता परेको स्थानमा सिलिन्डर पठाइएको सो समूहले जनाएको छ।

यसअघि ‘हामी नेपाल युवा’ले वीर अस्पताल र ट्रमा सेन्टरमा आइसीयू तथा क्षेत्रपाटीमा पनि निःशुल्क अस्पतालमा ३० बेडको आइसीयू निर्माणमा खटिएको थियो। अब केही दिनमा ३ अक्सिजन प्लान्ट पनि निर्माण हुने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell