PahiloPost

Jun 24, 2024 | ११ असार २०८१

कोरोना उपचारमा प्रयोग गरिँदै आएको रेम्डिसिभिर नेपालमै उत्पादन गर्ने तयारी, नेशनल हेल्थकेयरले पायो प्रडक्ट लइसेन्स



पहिलोपोस्ट

कोरोना उपचारमा प्रयोग गरिँदै आएको रेम्डिसिभिर नेपालमै उत्पादन गर्ने तयारी, नेशनल हेल्थकेयरले पायो प्रडक्ट लइसेन्स

वीरगंजः कोरोना संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको रेम्डिसिभिर इन्जेक्सन नेपालमै उत्पादन गर्ने तयारी भएको छ। नेपाली औषधि उद्योगहरु नेपालमै रेम्डिसिभिर उत्पादन गर्ने तयारीमा जेटका छन्। वीरगंजको नेशनल हेल्थकेयरले ‘प्रडक्ट लाइसेन्स’ पाएको औषधि व्यवस्था विभागले जनाएको छ।

नेशनल हेल्थकेयरले अन्य ५/६ प्रकारका इन्जेक्शन उत्पादन समेत गर्दै आएको छ। विभागका प्रवक्ता तथा वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार नेशनल हेल्थकेयरलाई रेम्डिसिभिर उत्पादनको लागि प्रडक्ट लाइसेन्स दिइएको छ। तर बजारमा बिक्री गर्ने अर्को लाइसेन्स आवश्यक पर्नेछ।

‘१० दिनअघि उद्योगले लाइफ लाइज पाउडर फर इन्जेक्शन र सोलुसन फर इनजेक्शन गरी दुई वटा प्रडक्टको लागि अनुमति मागेको थियो,’ उनले भने, ‘बुधबार नै सिसीमा सुख्खा धुलोमा पान मिसाएर बनाइने इन्जेक्सनको लागि आर्थात् लाइफ लाइज पाउडर फर इन्जेक्शन उत्पादनको लागि अनुमति दिइएको हो। अर्को पनि अनुमति दिने चरणमा छ।’

उद्योगले उत्पादन गरेपछि गुणस्तर र मापदण्ड परीक्षणपश्चात बिक्री इजाजत दिने बताए।

उद्योगका निर्देशक राधेश्याम महतोले जेठ अन्तिम सातासम्म औषधि बनाउने कच्चा पदार्थ चीनबाट आइसक्ने बताए। जुन १५ सम्म बजारमा रेम्डिसिभिर पुग्ने उद्योगको तयारी रहेको उनले बताए। कोरोना महामारीको कारण विश्वभर नै कच्चा पदार्थ तथा तयारी रेम्डिसिभिरको अभाव देखिएकोले कच्चा पदार्थ ल्याउन केही ढिलाइ भइरहेको बताए। नेपाल र चीनबीचको नियमित हवाइ उडान प्रभावित भएकाले कच्चा पदार्थको लागि समस्या भएको पनि बताए।

उद्योगका मार्केटिङ उपाध्यक्ष अजय पाण्डेले उत्पादन परिणाम र मूल्य अन्तिम परिक्षणपछि बताउन मिल्ने बताए।

नेपाल सरकारले चार हजार ९ सय प्रति भाइलको मूल्य तोकेको छ। चिकित्सकले एक संक्रमितलाई ५/६ वटासम्म इक्जेक्शन लगाइरहेका छन्।

मूल्य तोकिए पनि ३० हजार सम्ममा रेम्डिसिभिर नेपालमा बिक्री भइरहेको घटना सार्वजनिक भएका छन्। रेम्डिसिभिर कोरोना संक्रमितको उपचारमा केही हदसम्म उपयोगी मानिएको छ। आपतकालीन प्रयोगको लागि विश्व स्वास्थ्य संगठनले अनुमति दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell