PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

कोपा इटालियाको उपाधि युभेन्टसलाई



पहिलोपोस्ट

कोपा इटालियाको उपाधि युभेन्टसलाई

कोपा इटालियाको गएराति सम्पन्न फाइनल खेलमा एटलान्टालाई हराउँदै युभेन्टसले उपाधि जितेको छ। रोमाञ्चक खेलमा एट्लान्टामाथि २-१ गोलअन्तरको सहज जित निकाल्दै युभेन्टसले कोपा इटालियाको उपाधि जितेको हो।

डेजन कुलुभेभ्स्कीको गोलमा ३१ औं मिनेटमा युभेन्टसले अग्रता बनाएको थियो। तर ४१ औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गोल फर्काउँदै पहिलो हाफमा १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा युभेन्टसका लागि फेडेरिको किएजाले गोल थपे। उनले ७३ औं मिनेटमा गरेको गोल नै युभेन्टसको जितका लागि निर्णायक बन्यो। उता खेलमा पुनरागमनका लागि भरपुर प्रयास गरेको एटलान्टाका राफेल टोलोइ ८८ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिँदा एटलान्टा अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो।

यो खेल ४३ सयभन्दा बढी दर्शकहरुका बीच खेलाइएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell