PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

बर्नलीलाई हराउँदै लिभरपुल शीर्ष चारमा



पहिलोपोस्ट

बर्नलीलाई हराउँदै लिभरपुल शीर्ष चारमा
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीमाथि सानदार जित निकालेको छ। टर्फ मुरमा सम्पन्न खेलमा घरेलु टोली बर्नलीलाई ३-० गोलअन्तरले हराउँदै लिभरपुल शीर्ष चारमा उक्लिएको हो।

रोबर्टो फिर्मिनोको गोलमा ४३ ‍औं मिनेटमा अग्रता बनाएको लिभरपुल पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा नाथनिल फिलिस्पले लिभरपुलले अग्रता दोब्बर बनाए। उनले खेलको ५२ औं मिनेटमा गोल गर्दा ८८ औं मिनेटमा एलेक्स अक्सलेड चेम्बरलेनले गोल थपे।

जितसँगै ३७ खेलबाट ६६ अंक जोडेको लिभरपुल चौथो स्थानमा उक्लिएको छ। पाँचौं स्थानमा रहेको लेस्टरसिटीको पनि समान ६६ अंक छ भने तेस्रो स्थानमा रहेको चेल्सीको ६७ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell