PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

माओवादी केन्द्र कपिलवस्तुका दुई नेतामाथि गोली प्रहार



पूजा पन्थी

माओवादी केन्द्र कपिलवस्तुका दुई नेतामाथि गोली प्रहार

बुटवल : नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डे र ईयाज अख्तार मुसलमानमाथि गोली प्रहार भएको छ। बुधबार राति पाण्डे र ईयाजमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ।

तौलिहवा जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए। गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन।

उनीहरुको शरीरका दुई स्थानमा गोली लागेको जनाइएको छ। गोली प्रहार लगत्तै उनिहरुलाई कपिलवस्तुमा उपचार हुन नसके पछि भैरहवा मेडिकल कलेज लगिएको कपिलवस्तु प्रहरीले जनाएको छ।

यता माओवादी केन्द्रका जिल्ला सचिव रामचन्द्र शाहले घटना आफुहरुले थाहा पाएको र यसको बारेमा थप विवरण प्राप्त नभएको जनाए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell