PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मतीमा राष्ट्रिय सभाको उपनिर्वाचन : १० फोटोमा मतदानस्थलको दृश्य

वाग्मतीमा राष्ट्रिय सभाको उपनिर्वाचन : १० फोटोमा मतदानस्थलको दृश्य

निशा गुरुङ/पहिलोपोस्ट


हेटौँडा : वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको लागि मतदान शुरु भएको छ। हेटौँडा-४ मा रहेको भुटनदेवि स्कुलको चौरमा बिहान ९ बजे देखि ३ बजेसम्म मतदान हुनेछ र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जनाए।

यसै क्रममा उक्त पदका लागि उम्मेद्वार रहेका गृहमन्त्री रामबहादुर थापा बादल मतदान स्थल पुगेका छन्। झरी परिरहेकाले गृहमन्त्री थापा छाता ‍ओढेर मतदान स्थल पुगेका छन्।

वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री थापा बादल र डा खिमलाल देवकोटा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले माधव नेपाल पक्षका डा खिमलाल देवकोटा उम्मेद्वार बनेका हुन्।

नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेद्वारी दिएका छन्। उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने पाउने छन्।



ट्रेन्डिङ पोस्ट

Ncell