PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

काठमाडौं परिसरमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणले मृत्यु



पहिलोपोस्ट

काठमाडौं परिसरमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणले मृत्यु

काठमाडौंः कोरोना संक्रमण भएका नेपाल प्रहरीका एक डीएसपीको मृत्यु भएको छ।

दुई साताअघि संक्रमण भएर उपचार भइरहेका डीएसपी राजकुमार केसीको उपचारको क्रममा मृत्यु भएको हो। उनी महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए। केही समय परिसरमा उनले प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका घर भएका उनलाई संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएकाले प्रहरी अस्पताल महाजगञ्ज भर्ना गरिएको हो थियो।

दोस्रो लहरको कोरोनाको कारण अहिलेसम्म ५ सय भन्दा बढी प्रहरी संक्रमित भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell