PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

भाउजुको हत्या अभियोगमा देवर समातिए



पहिलोपोस्ट

 भाउजुको हत्या अभियोगमा देवर समातिए

काठमाडौंः हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले  रंगेली नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय विनोद यादवलाई नियन्त्रणमा लिएको हो। यादवले भाजुलाई घाटीमा दाउ प्रहार गरेर हत्या गरेको खुलेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए।

बुधवार रंगली नगरपालिका ३ स्थित तिलुवा चौकको नहरमा २४ वर्षीय अनिता यादवको शव फेला परेको थियो। घाटीमा धारिलो हत्या प्रहार गरी हत्या गरेको देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। मङ्गलवार साँझ अनिता र विनोद बिच विवाद भएको खुलेको थियो।

प्रहरीले हत्यामा प्रयोग भएको दाउ समेत विनोदको घरबाट बरामद गरेको जानकारी दिएको छ। ज्यान सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell