PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दुबईमा हुने च्याम्पियनसिपमा भिड्न बक्सिङ खेलाडी तयार, फ्लाइट नपाउँदा सहभागिता अन्योलमा



पहिलोपोस्ट

दुबईमा हुने च्याम्पियनसिपमा भिड्न बक्सिङ खेलाडी तयार, फ्लाइट नपाउँदा सहभागिता अन्योलमा

काठमाडौं: एसियाको ठूलो बक्सिङ प्रतियोगितामा एएसबीसी एलिट मेन वुमेन बक्सिङ च्याम्पियनसिप २०२१ मा नेपाली खेलाडीहरुको सहभागिता जनाउने सम्भावना कम हुँदै गएको नेपाल बक्सिङ संघले जनाएको छ। कोभिड महामारीका कारण फ्लाइट बन्द भएका कारण खेलाडी सहभागी हुनका लागि पठाउन कठीन भएको संघका प्रवक्त श्यामकाजी अवालेले जनाएका छन्।

यसअघि भारतको नयाँ दिल्लीमा हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण दुबईमा स्थानान्तरण गरिएको थियो। प्रतियोगिता मे २४ देखि ३१ तारिखसम्म युईएको दुबई सहरमा हुनेछ।

प्रतियोगिताका लागि नेपाल बक्सिङ्ग संघले २०७७ चैत्र २९ देखि ३१ सम्म देशव्यापी रुपामा १५ तौल समुहमा खेलाडी छनोट गरि उत्कृष्ट ७ जना खेलाडी (महिला २ जना र पुरुष ५ जना)सहभागी गराउने निर्णय अनुरुप विगत दुई महिना देखि लगातार प्रशिक्षणको व्यवस्था गरिएको थियो। अन्तिम तयारी स्वरुप सबै खेलाडीहरुको पीसीआर परीक्षण गरी सबै स्वास्थ्य मापदण्ड पालना गराई विगत ३ हप्ता देखि होटलमा राखेर हालसम्म बन्द प्रशिक्षण संचालन गर्दै आइरहेको संघले जनाएको छ। यद्यपि नेपालमा विद्यमान कोरोना भाईरस महामारीको कारण सरकारले मे ३१ सम्म अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द गरेका कारण नेपाली खेलाडीको सहभागिता न्युन बनेको संघले जनाएको छ।

‘नेपाल बक्सिङ्ग संघले विभिन्न एयरलाइन्ससंग सम्पर्क गरी संभावित चार्टर फ्लाईटको प्रयास गर्दा समेत कतैबाट कन्फर्मेसन आएको छैन,’ संघको विज्ञप्तिमा भनिएको छ।’

प्रतियोगितामा प्रथम हुनेले १० हजार अमेरिकी डलर, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २५ सय पाउने छन्। प्रतियोगितामा सहभागिता जनाउनका लागि इण्डियन बक्सिङ फेडेरेसन सँग समन्वय गरेर सँगसँगै उडानको प्रयास गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell