PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

ओलीले डाके स्थायी कमिटीको आकस्मिक बैठक, लगत्तै मन्त्रिपरिषद पनि



पहिलोपोस्ट

ओलीले डाके स्थायी कमिटीको आकस्मिक बैठक, लगत्तै मन्त्रिपरिषद पनि

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्।

बालुवाटारमा २ बजेका लागि आकस्मिक बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ।

राष्ट्रिय सभाको उपनिर्वाचन भइरहेकै दिन ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन्। नेकपा एमालेले ह्वीप जारी गर्दै एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई जिताउन निर्देशन दिएको थियो।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बादललाई मतदान गर्न नसकिने बताउँदै आएको छ। त्यस्तै, ओलीले स्थायी कमिटी बैठक लगत्तै बालुवाटारमा मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन्। साढे २ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएको स्रोतले बतायो।

'२ बजेका लागि स्थायी कमिटी र साढे २ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ,' बालुवाटार स्रोतले भन्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell