PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

वीरगंजकी ९१ वर्षीया उपमेयर शान्ति कार्की संक्रमणमुक्त, ‘दृढ इच्छा शक्तिले कोरोनालाई पराजित गर्न सकिन्छ’



राधेश्याम पटेल

वीरगंजकी ९१ वर्षीया उपमेयर शान्ति कार्की संक्रमणमुक्त, ‘दृढ इच्छा शक्तिले कोरोनालाई पराजित गर्न सकिन्छ’

वीरगंज : वीरगंजकी उपमेयर शान्ति कार्की कोरोना संक्रमण मुक्त भएकी छन्।

९१ वर्षीया कार्कीमा एक साताअघि संक्रमण पुष्टि भएकोमा उनी महानगरद्वारा सञ्चालित गोपाल मण्डली धर्मशालाको आइसोलेशन सेन्टरमा उपचाररत थिइन्। बिहीवार विहान उनी निको भएर घर फर्केकी छन्।

वीरगंज महानगरका मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला कार्कीलाई लिन आइसोलेशन पुगेका थिए। 

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमेयर कार्कीले कोरोनालाई पराजित गर्न दृढ इच्छा शक्तिले काम गर्दो रहेछ भनेर प्रतिक्रिया दिइन्।

त्यसैगरी, वीरगंजका मेयर विजयकुमार सरावगीले उपमेयर शान्ति कार्कीलाई सकुशल घर पठाउन पाउँदा खुशी लागेको बताए। उनले भने, ‘कोरोनालाई डरले होइन, बलियो मन बनाएर हराउन सकिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell