PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

पत्रकारको स्वास्थ्य सुरक्षाको लागि फिल्म निर्माता रमेश एमके पौडेलले गरे १ लाख सहयोग



पहिलोपोस्ट

पत्रकारको स्वास्थ्य सुरक्षाको लागि फिल्म निर्माता रमेश एमके पौडेलले गरे १ लाख सहयोग

काठमाडौं: फिल्म 'तिम्रो मेरो साथ' का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्। उनले कोरोना महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि उक्त रकम सहयोग गरेका हुन्।

हाल अमेरिकामा रहेका पौडेलले पठाएको उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालसहितको उपस्थितिमा पत्रकार राजन घिमिरेले एसोसिएट प्रदेश अध्यक्ष वैकुण्ठराज पराजुलीलाई हस्तान्तरण गरे।

अध्यक्ष पराजुलीले समग्र सञ्चारकर्मीहरूको पेसागत सुरक्षा र स्वास्थ्य सुरक्षाको पक्षमा उभिनु हाम्रो दायित्व हो भन्दै उक्त रकम प्रदेशको पत्रकार कोरोना सुरक्षा कोषमा जम्मा गरिने बताए।

कोरोनाको दोस्रो लहर आउनुपूर्व फिल्म 'तिम्रो मेरो साथ' को छायांकन सिध्याएर अमेरिका पुगेका हुन्। उनी पछिल्लो डेढ दशकदेखि फिल्म निर्माणमा सक्रिय छन्। उनले यसअघि 'रुद्रप्रिया', 'राज्जा रानी' लगायतका फिल्म निर्माण गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell