PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

पार्टीको ह्वीप उल्लंघन गम्भीर विषय भएको ओली समूहको निष्कर्ष



पहिलोपोस्ट

पार्टीको ह्वीप उल्लंघन गम्भीर विषय भएको ओली समूहको निष्कर्ष

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठकले पार्टीको निर्देशन नमान्नु गम्भीर विषय भएको निष्कर्ष निकालेको छ।

नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभाको आज सम्पन्न उप-निर्वाचनमा उम्मेद्वार बनेका गृहमन्त्री रामबहादुर थापा बादललाई माधवकुमार नेपाल समूहले मत नहालेको भन्दै ओली समूहले आपत्ति जनाएको हो।

एमालेको विवाद मिलाउन कार्यदल बनिसकेपछि पनि पार्टीको निर्देशन नमान्नु सामान्य विषय नभएको एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

'कार्यदल बनिसकेपछि र अघिका कुरा एउटै हिसाबले हेर्न हुन्न। यो गम्भीर कुरा हो,' उनले भने। एमालेको बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले कोभिड-१९ नियन्त्रणबारे पनि छलफल गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell