PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

बजेट अधिवेशन आह्वान गर्ने सरकारको तयारी : नियमित बैठकमा बजेट आउने दावी



पहिलोपोस्ट

बजेट अधिवेशन आह्वान गर्ने सरकारको तयारी : नियमित बैठकमा बजेट आउने दावी

काठमाडौं : सरकारले बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने तयारी गरेको छ। आजको मन्त्रिपरिषदको बैठकले अधिवेशनको सिफारिस गर्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेट अध्यादेश मार्फत् ल्याउने तयारी गरिएको चर्चा चले पनि अधिवेशन आह्वानको तयारी भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकरी दिए। 'अहिले बस्ने मन्त्रिपरिषदले अधिवेशनको आह्वान गर्छ। नियमित बैठकमै बजेट आउछ,' उनले भने।

ओलीले फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि हाल उनी संविधानको धारा ७६ को उपधार ३ अनुसार ठूलो दलको हैसियतले प्रधानमन्त्री छन्। प्रधानमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

ओलीले नीति तथा कार्यक्रम अघि नै विश्वासको मत लिनुपर्ने बाध्यता छ। ओलीले विश्वासको मत लिने तयारी गरेको भए पनि यकिन नभएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकरी दिए।

'बजेट ल्याउनु अघि नै विश्वासको मत लिँदा राम्रो। संविधानमै भएको व्यवस्था अनुसार उहाँले गर्नुहोला,' उनले भने। जेठ १५ भित्र बजेट ल्याउनुपर्ने भए पनि हालसम्म प्रि बजेटमा छलफल समेत हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell