PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

संक्रमणमुक्त भएपछि सरिता लामिछानेले भनिन् : शुभचिन्तकको आशिर्वाद अक्सिजन बन्यो



पहिलोपोस्ट

संक्रमणमुक्त भएपछि सरिता लामिछानेले भनिन् : शुभचिन्तकको आशिर्वाद अक्सिजन बन्यो

काठमाडौं : कलाकार सरिता लामिछाने कोरोना संकमणमुक्त भएकी छिन्। उनीसहित श्रीमान निर्देशक ऋषि लामिछाने र छोरीको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो।

उनले फेसबुकमा एक भिडियो सन्देश दिँदै सबैको माया र शुभकामनाको लागि धन्यावाद व्यक्त गरेकी छिन्।

'यो पीडाबाट निस्किन आत्मबल बलियो बनाउने, संघर्ष गर्ने र आफ्नो ख्याल राख्ने कुरा त छँदै छ। तर तपाईँहरूको आशिर्वाद र माया नै हाम्रो लागि अक्सिजन साबित भएको छ। जसकारण हामीहरू कोरोना जित्न सफल भएका छौँ,' उनले भनिन्।

गत बैशाख २१ मा सरिताको कोरोना संक्रमण परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो। लगत्तै परिवारका सबै सदस्यमा संक्रमण देखियो। उनका श्रीमानको स्वास्थ्य अवस्था बिग्रिएपछि ६ दिनअघि ग्रान्डी हस्पिटल भर्ना गरिएको थियो। ऋषिलाई निमोनिया भएको रहेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell