PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

राष्ट्रिय सभा निर्वाचन मतपरिणाम : स्थानीय तहतर्फ गठबन्धनका खिमलाल देवकोटाको बहुमत



निशा गुरुङ

राष्ट्रिय सभा निर्वाचन मतपरिणाम : स्थानीय तहतर्फ गठबन्धनका खिमलाल देवकोटाको बहुमत

काठमाडौं : राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदका लागि भएको उपनिर्वाचनको मतपरिणाम आउने क्रम शुरु भएको छ।

हेटौंडाको भुटनदेवी मतदान केन्द्रमा जारी मतगणनाअनुसार स्थानीय तहतर्फ गठबन्धनका उम्मेदवार डा खिमलाल देवकोटाले अग्रता कायम गरेका छन्। स्थानीय तहतर्फको मत गनीसक्दा अहिले देवकोटाले १२८ मत पाउँदा एमालेका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादलले १०३ मत पाएका छन्। स्थानीय तर्फको यो मतभार देवकोटाको २३०४ र बादलको १८५४ रहेको छ।

नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले २ मत पाएका छन्। 

अब प्रदेश सांसदका १०५ जनाको मत गन्न बाँकी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell