PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

बादललाई पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा गठबन्धनका खिमलाल निर्वाचित



निशा गुरुङ

बादललाई पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा गठबन्धनका खिमलाल निर्वाचित

काठमाडौं : राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदका लागि भएको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल पराजित भएका छन्।

हेटौंडाको भुटनदेवी मतदान केन्द्रमा सम्पन्न मतगणनाअनुसार ५०८८ मतभारका साथ कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूहको गठबन्धनको उम्मेद्वार रहेका डा खिमलाल देवकोटा निर्वाचित भएका हुन्। बादलको पक्षमा ४०१४ मत पाए।

स्थानीय तहतर्फको देवकोटाले १२८ मत पाउँदा एमालेका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादलले १०३ मत पाए। नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले २ मत पाए।   

प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell