PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

नारायणी अस्पतालको कामु मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी वरिष्ठ चिकित्सक डा प्रधानलाई



पहिलोपोस्ट

नारायणी अस्पतालको कामु मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी वरिष्ठ चिकित्सक डा प्रधानलाई

वीरगंज : नारायणी अस्पताल वीरगंजको कामु मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी अस्पतालका वरिष्ठ चिकित्सक डा वीरेन्द्र बहादुर प्रधानलाई दिइएको छ। स्वास्थ्य मन्त्रालयले मेसु सन्जय ठाकुरलाई वीर अस्पतालमा फिर्ता बोलाएर प्रधानलाई अगामी दिनको लागि कामु मेसुको जिम्मेवारी दिएको पत्रचार गरेको छ।

यसअघि नारायणी अस्पतालको बेहाल अवस्था सञ्चार माध्यममा सार्वजनिक भएसँगै मेसु ठाकुरलाई फिर्ता बोलाइएको थियो। कोरोना महामारीको दोस्रो चरणमा नारायणी अस्पतालमा हालसम्म ९८ जनाको मृत्यु भइसकेको र कमजोर प्रशासनको कारण उनको कार्य सम्पादनमा प्रश्न चिन्ह खडा गर्दै मन्त्रालयले मेसु ठाकुरलाई चार दिनअघि फिर्ता बोलाएको थियो।

डा प्रधानले ७२ घण्टामा नारायणी अस्पतालको उपचार सेवा प्रभावकारी बनाएर देखाउने प्रतिबद्धता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell