PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

प्रधानमन्त्रीको पद रिक्त नहुँदै राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्रीको आह्वान, मन्त्रिपरिषदको पत्रले प्रक्रिया सुरु गर्न मिल्छ?



पहिलोपोस्ट

प्रधानमन्त्रीको पद रिक्त नहुँदै राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्रीको आह्वान, मन्त्रिपरिषदको पत्रले प्रक्रिया सुरु गर्न मिल्छ?

काठमाडौंः प्रधानमन्त्रीको पद रिक्त नहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीको आह्वान गरेकी छन्। संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि राष्ट्रपतिले आह्वान गरेकी हुन्। 

मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपतिले नयाँ प्रक्रिया आरम्भ गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने अवस्था नरहेको भन्दै बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले पत्राचार गर्ने निर्णय गरेको थियो।  

संविधानले ७६(५) को प्रक्रिया अघि बढाउन दुई शर्त आवश्यक मानेको छ। उपधारा ३ बमोजिम गठित प्रधानमन्त्रीले विश्वासको मत नपाए ५ मा जान सकिन्छ। यस्तै, उपधारा ३ अनुसार गठित अल्पमतको प्रधानमन्त्रीले राजीनामा दिएमा उपधारा ५ अनुसारको प्रक्रिया सुरु हुनेछ। 

तर, सदनमा विश्वासको मतको परीक्षण र राजीनामा नदिए पनि राष्ट्रपतिले नयाँ प्रक्रिया मन्त्रिपरिषदको पत्राचारकै भरमा आरम्भ गरेकी हुन्। 

संवैधानिक कानुनका जानकार डा. भीमार्जुन आचार्यले दुई पूर्वशर्त पूरा नगरी उपधारा ५ मा जान नपाइने बताएका छन्। प्रधानमन्त्री बहाल हुँदा नयाँ प्रक्रिाय आरम्भ गर्न नमिल्ने बताएका छन्। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell