PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

२४ घण्टाको पनि समय नदिइकन सरकार गठनको आह्वान गर्नु संसद विघटन गर्ने षड्यन्त्र : रामचन्द्र पौडेल



पहिलोपोस्ट

२४ घण्टाको पनि समय नदिइकन सरकार गठनको आह्वान गर्नु संसद विघटन गर्ने षड्यन्त्र : रामचन्द्र पौडेल
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २४ घण्टाको पनि समय नदिइकन राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन्। नेता पौडेलले फेसबुकमार्फत बिहीवार यस्तो प्रतिकृया दिएका हुन्।

उनले लेखेका छन्, ‘सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो। तर, एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन्।’

नेता पौडेलले यो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न अपिल गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell