PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

स्कटिश फिल्म निर्माता युलिया कोभानोभले साटिन् वातावरण फिल्म निर्माण सम्बन्धी अनुभव



पहिलोपोस्ट

स्कटिश फिल्म निर्माता युलिया कोभानोभले साटिन् वातावरण फिल्म निर्माण सम्बन्धी अनुभव

स्कटिश फिल्म तथा डकुमेन्ट्री निर्माता युलिया कोभानोभले नेपाली चलचित्रसँग सम्बन्धित व्यक्तिहरुसँग आफ्नो अनुभव साटेकी छिन्। नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल (निफ) २०२१ को पोष्ट इभेन्ट कार्यक्रममा उनले वातावरण सम्बन्धी वृत्तचित्र निर्माणको अनुभव शेयर गरेकी हुन्।

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल र ब्रिटिस काउन्सिलले सयुक्त रुपमा आयोजाना गरेको उक्त कार्यक्रममा मानव र प्रकृतिबीचको जटिल सम्बन्धमाथिका प्रयोगात्मक वृत्तचित्रमाथि उनले व्याख्या गरेकी थिइन्।

कार्यक्रममा निफ २०२१ मा सहभागी भएका वातावरण सम्बन्धी चलचित्रहरुको बारेमा उनले समीक्षा गरेकी थिइन्। निफको वृत्तचित्र विधाको जुरी मेम्बर पनि रहेकी युलियाले वातावरणीय परिर्वतन र त्यसले पारेको प्रभावबारे बनेका वृत्तचित्रहरुको विशेषतामाथि प्रकाश समेत पारिन्।

आफ्ना वृत्तचित्रहरुको विषयवस्तु छनौट र निर्माण अनुभवको आधारमा कसरी मानविय अप्राकृतिक व्यवहारले वातावरणमा गम्भिर प्रभाव पारेको छ? भन्ने खोज गरेको उनले बताइन्। साथै उनले वातावरणमा परेको नकारात्मक प्रभावका कारण प्रकृति र मानव जीवनमा परेको असरबारे उल्लेख गर्दै वातावरण डकुमेन्ट्री फिल्मले वातावरण प्रदुषणको कार्यलाई कम गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने समेत बताइन्।

बाफ्टा स्कटल्याण्ड र बेलायतको सर्वश्रेष्ठ लघु फिल्ममा नामांकन प्राप्त उनको प्रयोगात्मक वृत्तचित्र ‘प्लास्टिक म्यान’को विषयवस्तु माथि चर्चा गर्दै स्कटल्यान्डमा एक पर्यावरण प्रेमीले प्लाष्टिकको विरुद्ध चलाएको अभियान प्रतिकात्मक रुपमा प्रस्तुत गरेको बताइन्।

युलिया कोभानोभ साइबेरियामा जन्मेर स्कटल्यान्डलाई कार्यक्षेत्र बनाएकी कलाकार, फिल्म निर्माता, फिल्म क्युरेटर र शिक्षिका हुन्। वातावरण सम्बन्धी विषयको अनुसन्धानमा आधारित भएर दृश्यको माध्यमबाट प्रयोगात्मक र रचनात्मक सन्देश प्रवाह गर्न सकिने र त्यसले मानव विचारमा गहिरो प्रभाव पार्ने उनको धारणा थियो।

जुममार्फत भर्चुअल रुपमा भएको उक्त माष्टर क्लासमा चलचित्र, पत्रकारिता लगायत समाजका विभिन्न समुदायका गरी ३० जना सहभागीलाई प्रशिक्षक युलियाले कसरी प्रभावकरी रुपमा वृत्तचित्र निर्माण गर्न सकिन्छ भनेर विस्तृत रुपमा प्रशिक्षण दिएकी थिइन्।

मौसम परिवर्तन र यसले जैविक विविधतामा पारिरहेको प्रभावको वर्तमान वास्तविक चिन्तालाई श्रव्यदृश्यको माध्यमबाट व्यक्त गरेर मानवले सिर्जना गरेको संकटबाट मानव लगायत सबै र प्रकृतिलाई मुक्त गर्न सकिने कुरा उल्लेख गर्दै सहभागीहरुलाई यस्ता सामाग्री निर्माण गर्न उनले आह्वान गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell