PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

राष्ट्रपतिको आह्वानलाई कांग्रेसले भन्यो अलोकतान्त्रिक, पदाधिकारीको आकस्मिक बैठक बोलाइयो



पहिलोपोस्ट

राष्ट्रपतिको आह्वानलाई कांग्रेसले भन्यो अलोकतान्त्रिक, पदाधिकारीको आकस्मिक  बैठक बोलाइयो

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रपतिको पछिल्लो कदमबारे निर्णय लिन भोलि बिहान ९ बजेका लागि आकस्मिक बैठक बोलाइएको छ। कांग्रेसले सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति मार्फत सो जानकारी दिएका हुन्। बैठकमा संसदीय दलका सचेतकहरु पनि उपस्थित हुने बताइएको छ।

विज्ञप्तिमा संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले बिहीबार साँझ जारी गरेको वक्तव्यलाई संविधान विपरीत र अलोकतान्त्रिक भनिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell