PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर संविधानमाथि जालसाजी गरे : रमेश लेखक



पहिलोपोस्ट

राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर संविधानमाथि जालसाजी गरे : रमेश लेखक

काठमाडौं : नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि जालसाजी गरेको टिप्पणी गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेर ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि नगई वा म विश्वासको मत लिन सक्दैन भनि राजीनामा नगरी धारा ७६ (५) को सरकारको प्रक्रिया शुरू हुन नसक्ने जिकिर गरेका छन्।

'राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर फेरि एकपटक संविधानको खिल्ली उडाउनुभयो। यो काम घोर अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र अनैतिक हो। उहाँहरूले संविधानमाथि गरीरहेको अपराधका लागि इतिहासमा जवाफ दिनु पर्ला,' लेखकले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell