PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे माओवादीले थाल्यो छलफल



पहिलोपोस्ट

राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे माओवादीले थाल्यो छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा केही बेरमा बैठक सुरु हुने स्थायी कमिटी सदस्य देव गरुङले जानकारी दिए।

उनका अनुसार राष्ट्रपतिलाई महाअभियोग लगाउने विषयमा माओवादीले छलफल थाल्ने भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको भन्दै माओवादीले महाअभियोगबारे छलफल थाल्न लागेको गुरुङको भनाई छ।

'अहिले देखिएको संकटकै बारेमा छलफल हुने हो। राष्ट्रपतिलाई महाअभियोगबारेमा हाम्रो पार्टी मात्रै होइन अरु पनि तयार हुँदैछन्,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell