PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अन्तर्राष्ट्रिय दबाबमा गाजामा युद्धविराम, तर देशभित्र हुँदैछ नेतान्यूको आलोचना



अन्तर्राष्ट्रिय दबाबमा गाजामा युद्धविराम, तर देशभित्र हुँदैछ नेतान्यूको आलोचना
Photo : REUTERS

गाजामा भइरहेको आक्रमण रोक्दै युद्धविराम गर्न इजरायल र हमास सहमत भएका छन्। करिब दुई हप्तादेखि गाजा पट्टीमा इजायलले हवाई आक्रमण गर्न सयौं प्यालेसटाइनी नागरिकको मृत्यु भएको थियो भने कयौं भवनहरु भत्किएका थिए। हमासले पनि इजरायलमा रकेट आक्रमण गर्दा केही इजयालीको मृत्यु भएको थियो।

दुवैबिच युद्धविराम गराउन अमेरिका, चीन, बेलायत, रसिया लगायतका राष्ट्रले पहल गरेको थियो। संयुक्त राष्ट्रसंघले पनि युद्धविराम गराउन प्रयास गरेको थियो। हाल युद्धविराम भएपनि इजरायलमा प्रधानमन्त्री  बेन्जामिन नेतान्यूको चर्को आलोचना भइरहेको छ।

हमासले युद्धविरामलाई आफ्नो जित भनेपनि इजरायलमा भने यसविषयलाई लिए नेतान्यूका सहयोगी र दक्षिणपन्थी सांसदले असहमति व्यक्ति गरेका छन्।

टाइम्स अफ इजरायलका अनुसार उनीहरुले नेतान्यूलाई युद्धविरामको घोषणाले इजरायली संकल्प खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। गाजा पट्टीबाट हमासलाई हराउँदै त्यसलाई इजरायलमा गाभ्ने देखि ग्रेटर इजरायल बनाउने नेतान्यू सरकारको योजना छ। न्यू होपका नेता गिडीओन सआरले सरकारको निर्णयको आलोचना समेत गरेका छन्। युद्धविरामले हमासलाई थप शक्तिशाली बनाउने उनको टिप्पणी छ। अन्य पार्टी र धार्मिक नेताहरुले समेत नेतान्यूको निर्णयको विरोध गरेका छन्।

नेतान्यूले हमासको अन्त्य नभएसम्म गाजामा हवाई आक्रमण नरोक्ने भनेर सार्वजनिक रुपमा नै भनेपनि अन्तर्राष्ट्रिय दबाबअघि उनको सरकार झुक्न बाध्य भएको हो। तर, देशभित्रै भने नेतान्यूको आलोचना सुरु भएपछि युद्धविरामको निर्णय कार्यान्वयन हुनेमा शंका व्यक्त गरिएको छ।

सम्बन्धित समाचार : ‘सत्ता टिकाउन नेतान्यूले कोट्याएको गाजाको घाउ’

 

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell