PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

हामी ओलीको विरोधमा छैनौं, निकास यही सरकारले दिन्छ : महन्थ



पहिलोपोस्ट

हामी ओलीको विरोधमा छैनौं, निकास यही सरकारले दिन्छ : महन्थ
फाइल फोटो

काठमाडौं : जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नजाने बताएका छन्। सिंहदरबारमा बसेको जसपाको बैठकपछि उनले सरकारले राजनीतिक निकास दिने बताए। संसदीय दलको बैठक सांसदहरुसँग भेटघाटका लागि मात्रै राखिएको उनको भनाई थियो।

'निकास सरकारले दिन्छ। हामी केपी ओलीका विरुद्ध जाँदैन,' उनले भने।

यस्तै, वरिष्ठ नेता राजेन्द्र महतोले निकासका लागि देश र जनतातिर आफूले सत्ताको चावी घुमाउने बताए।

'देशको लागि हुनुपर्छ। हामी पदको लागि प्रयोग गर्ने हो। हामी साँचोको प्रयोग देशका लागि हुन्छ। प्रधानमन्त्री कुर्सीका लागि देशमा के भइरहेको छ? कांग्रेस माओवादीको कुर्सीको एजेण्डा हो। एउटा होइन, तीनवटा कुर्सी चाहियो सबैलाई,' उनले भने।

कुर्सीको दौडमा आफू नलाग्ने उनले बताए। उनले हिजोमात्रै संविधान संशोधनका लागि कार्यदल बनेको बताए। स्वार्थ केन्द्रित संविधान बनाएको महतोले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell