PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

संविधान संशोधनका लागि कार्यदल गठन, को को छन् कार्यदलमा?



पहिलोपोस्ट

संविधान संशोधनका लागि कार्यदल गठन, को को छन् कार्यदलमा?

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका लागि ५ सदस्यीय कार्यदलको गठन गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतोसँगको सहमतिपछि कार्यदल गठन भएको हो। बिहीवारको मन्त्रिपरिषदको बैठकले कार्यदलबारे निर्णय गरेको थियो।

जसपाका अध्यक्ष ठाकुरले संविधान संशोधनका लागि कार्यदल बनेको बताए। सिंहदरबारमा बसेको जसपाको संसदीय दलको बैठकपछि ठाकुरले जसपा र एमाले नेता सम्मिलित कार्यदल बनेको बताए। जसपाका तर्फबाट कार्यदलमा लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल छन् भने एमालेका तर्फबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल सदस्य रहेका छन्। कार्यदलले दिएको सुझावका आधारमा संविधान संशोधन गर्ने ओलीले तयारी गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell